पब्लिक यूथ क्याम्पसलाई  बीबीए क्रिकेटको उपाधि

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

काठमाडौं, २३ वैशाख  । आयोजक पब्लिक यूथ क्याम्पसले लगातार तेस्रो पटक टियु बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) १२ रनले पराजित गर्‍यो ।  

पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पुरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो ।केसीएमआईटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक यूथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए ।यस अघि टस जितेर ब्याटिङ गरेको पब्लिक यूथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो ।

पब्लिक यूथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए ।प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक यूथका रबिन साउद घोषित भए। यस्तै उत्कृष्ट बलर पब्लिक यूथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए ।

उपाधिसँगै पब्लिक यूथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे ।म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार