पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा, युभेन्ट्स पराजित

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

काठमाडौं, २४  वैशाख । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इन्टर मिलानले इटालियन सिरी ए  फुटबलमा  इम्पोलीलाई ४–२ अन्तरले पराजित गरेको छ । शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल  तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे । जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक  छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ ।

अर्को खेलमा युभेन्ट्सले सुरुवाती  अग्रता जोगाउन नसक्दा जेनोयासंग २(१ अन्तरले पराजित भयो । खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए  । तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भयो ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार