मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

काठमाडौं, २४  वैशाख । इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ  । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले  सर्वाधिक ५५ रन तथा  सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल  तयार पार्‍यो।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ ।   पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर  शीर्ष स्थानमा यथावत छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार