केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

बिहीबार, वैशाख २२, २०७९
Global Ime Bank

काठमाडौं, २२ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई 'अन्तर्राष्ट्रिय ठग' भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २२, २०७९