इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट 

बिहीबार, वैशाख २२, २०७९
Global Ime Bank

काठमाडौं, २२ वैशाख  । फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । 

इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ । यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत २३ असोजमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार