राष्ट्रिय खुला पौडीको तयारी पूरा

बुधबार, वैशाख २१, २०७९
Global Ime Bank

  काठमाडौं, २१ वैशाख   । राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ ।प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । 

यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो ।  एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार