लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

बुधबार, वैशाख २१, २०७९
Global Ime Bank

काठमाडौं, २१ वैशाख :  दोस्रो लेगमा भिल्लारियालमाथि ३-२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २-० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । 

लिभरपुलले समग्रमा ५-२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो ।

बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ४१औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

तर, ६१औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो । 

७४औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे ।

लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ । 

फाइनल खेल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार