प्रदेश फुटबलको निर्वाचन स्थगित

मंगलबार, वैशाख २०, २०७९
Global Ime Bank

काठमाडौं, २० वैशाख  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । 

यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार