सरितालाई कास्य

सोमबार, वैशाख १९, २०७९
Global Ime Bank

काठमाडौं, १८ वैशाख  । नेपालकी सरिता श्रेष्ठले कोबे-ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार