आफ्नो नाममा कुनै बेरुजु नभएको काँंग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको स्पष्टीकरण

बिहीबार, वैशाख १५, २०७९

ललितपुर, १४ वैशाख । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट मेयर पदका उम्मेदवार दिएका चिरीबाबु महर्जनले आफ्नो नाममा कुनै पनि बेरुजु रकम नभएको प्रष्ट पारेका छन् । 
महर्जन बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित संस्थागत बेरुजु नगर प्रमुखको व्यक्तिगत जवाफदेहिताअन्तर्गत नपर्ने कानुनी व्यवस्था अनुरुप बेरुजुको बारेमा स्पष्ट पार्दै निवेदन दिएका हुन् ।

महर्जन ललितपुर महानगरपालिकाका निवर्तमान मेयर हुन् ।  निर्वतमान मेयर तथा  नगर प्रमुखको उम्मेदवार  महर्जनले निवेदनमा भनेका छन् , ‘संघीय, सरकार, प्रदेश सरकार, स्थानीय सरकार  एवं संगठित  संस्थाहरुको कुनै पनि तहहरुमा मेरा नाममा कुनै पनि पेश्की, बेरुजु, असुल उपचर गर्ने बेरुजु नभएको अवगत गराउँछु ।’
उनले निवेदनमा अगाडि भएका छन् । वडा नं.१८ का गोपाल डंगोलले दिएको उजुरीमा  उल्लेखित ७१ करोड ६५ लाख रकम २५ वटा स्थानीय तहहरु छन् । ती स्थानीय तहहरुमा  विराटनगर,पर्सा, भरतपुर, हेटौंडा, जनकपुर, वुटवल, धनकुटा, लाहान, विदुर, व्यास, सिद्धार्थनगर, भेरी, भिमदत्त, नगरपालिका लगायत छन् । यी २५ वटा स्थानीय तहहरुको प्रशासनिक खर्च अन्तर्गत महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।  


 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार