विप्लवले गरे धर्मेन्द्र र हेमन्त प्रकाशलाई पार्टीबाट बर्खास्त

बुधबार, वैशाख १४, २०७९

नेतविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन) लाई बर्खास्त गरेको छ। मंगलबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको बताएका छन् । सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ।  ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

दुई पटक बैठक बसेर पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर उनीहरूले फुटपरस्त र अराजक अन्तवार्ता दिएको आरोप छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार