सुनको मूल्य ताेलाकाे ९९ हजार रुपैयाँ

बुधबार, वैशाख १४, २०७९

काठमाडौँ, १४ वैशाख । सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार