स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु

बुधबार, वैशाख १४, २०७९

स्याङ्जा, १४ वैशाख । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।  भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए ।  गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार