मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, वैशाख १४, २०७९

मोरङ, १४ वैशाख  । मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।  बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार