मकवानपुर गोल्डकप जेठ १२ बाट

बुधबार, वैशाख १४, २०७९
Global Ime Bank

हेटौंडा, १३ वैशाख   । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ ।आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । 

फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले बजेट छुट्याएका छन् । स्थानीय तहको चुनावपछि गोल्डकप गर्ने तयारी थालेका छौं’, जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘निर्णय गरेर आवश्यक तयारी सुरु गरिसकेका छौं ।’प्रतियोगितामा ए डिभिजन क्लबसहित आयोजक टिमको समेत सहभागिता हुनेछ । यस वर्षको मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार