कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

मंगलबार, वैशाख १३, २०७९

सुर्खेत , १३ वैशाख । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् । 

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् । खाँडाचक्र  नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।  पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन्नु ।  चुनावलाई उपयाेग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।  

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार