पत्रकार महासंघको पूर्व सभापति मेयरको दौडमा 

मंगलबार, वैशाख १३, २०७९

इलाम, १३ वैशाख । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् । पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार