निर्वाचन कार्यक्रम अन्तर्गत आज दाबी र विरोधको उजुरी दिन पाइने

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं, १३ वैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । 
निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । 
जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ । १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार