आमाछोदिङमो गाउँपालिका दुई दलित महिला सदस्य निर्विरोध

मंगलबार, वैशाख १३, २०७९

रसुवा, १३ वैशाख । रसुवाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा गाउँपालिका- २ र ४ मा दलित महिला सदस्यमा एकल उम्मेदवार परेको हो ।  आमाछोदिङमो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर २ मा दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ मा दलित महिला सदस्यमा गममाया विकको एकल उम्मेदारी परेको हो ।  यद्यपि निर्वाचन आयोगले निर्विरोधको औपचारिक घोषणा गरिसकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार