महोत्तरीमा ७३० जनप्रतिनिधिको लागि ३ हजार ५५३ जनाको उम्मेदवारी

मंगलबार, वैशाख १३, २०७९

महोत्तरी, १३ वैशाख । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा गरी उक्त संख्यामा उम्मेदवारी आएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवार दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । १५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार