सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १३ वैशाख । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरूले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरूले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । यो लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी, रमाईलो एच.डी, सरोकार टि.भी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।