६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

सोमबार, वैशाख १२, २०७९
काठमाडौं, १२ वैशाख : निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानीकी शुरु गर्ने तयारी गरेको छ । 

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ । 

निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार