एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

सोमबार, वैशाख १२, २०७९

धनगढी, १२ वैशाख । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् ।  प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।  यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र  कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार