टोखा मेयरमा विवेकशील साझाबाट लक्ष्मण सिटौलाको उम्मेदवारी 

सोमबार, वैशाख १२, २०७९

काठमाडौं, १२ वैशाख । टोखा नगरपालिकाको प्रमुखमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् ।  मनोनयन दर्ताको पहिलो दिन आइतबार नै उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको एक नम्बरमा दर्ता भएको छ ।  सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थकमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । 

मनोनयन दर्ता गर्न उनी सांस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले आफूलाई जनसमर्थन प्राप्त रहेकाले चुनाव जित्ने दाबी गरे ।  ३३ वर्ष नेपाल वायुसेवा निगममा रहेर राष्ट्रसेवा गरेका उनका देश विकास र समृद्धिसम्बन्धी एक हजार चार सय लेख प्रकाशित गरेका छन् । 
 

Avatar

Avatar

Avatar

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार