सूर्यविनायकबाट २५ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी 

सोमबार, वैशाख १२, २०७९

भक्तपुर, १२ वैशाख । सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ ।  उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ती गहना चोरी भएको हो ।  गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार