कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायाे

सोमबार, वैशाख १२, २०७९

पोखरा, १२ वैशाख । नेपाली कांग्रेसले मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा कास्कीका पालिकाहरूमा उम्मेद्वार टुंग्याएको छ । पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसल सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने भएका छन् । कास्कीको एउटा मात्र पालिका अध्यक्ष उनीले जितेका थिए । कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो । अन्नपूर्णको उपाध्यक्षमा पनि यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ । मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेद्वार बनिसकेका छन् भने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना), माछापुच्छ्रे गाउँपाकिलाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ । रुपा गाउँपालिका अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठले टिकट पाएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार