मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ६ लाख ४१ हजार नगद बरामद 

सोमबार, वैशाख १२, २०७९

मोरङ, १२ वैशाख । ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार