तनहुँबाट कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ 

सोमबार, वैशाख १२, २०७९

तनहुँ, १२ वैशाख । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् । शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुंगाना केही दिनअघि सोही नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका–१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार