कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेद्वार टुंगो लगायो

सोमबार, वैशाख १२, २०७९

पोखरा, १२ वैशाख । नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका दुई पालिका बाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ । कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति बैठकले टिकट वितरण टुंगो लगाएको हो । गाउँपालिकाको टिकट भने जिल्लाबाटै वितरण भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार