हेटौंडा-२ मा कांग्रेसका बागी उम्मेदवार

सोमबार, वैशाख १२, २०७९

हेटौंडा, १२ वैशाख । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उनले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।  राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा समस्य समेत भइसकेका छन् । कांग्रेसले हेटौंडा-२ मा दुई जनालाई टिकट दिइसकेको छ । उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,’ राजवाहकले भने । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको भनाई छ ।

Avatar

Avatar

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार