हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

सोमबार, वैशाख १२, २०७९

हेटौंडा, १२ वैशाख । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।

Avatar

Avatar

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार