हार्डवेयर गोदाममा भीषण आगलागी

सोमबार, वैशाख १२, २०७९

भक्तपुर, १२ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएको थियो । मध्यपुर थिमि नगरपालिका वडा नं।६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि। ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो । आगलागीको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेको थियो । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार