ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन 

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।  ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ  । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ । 

१. ललितपुर महानगरपालिका 
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

२. गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस 

३. महालक्ष्मी नगरपालिका 
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस 

४. कोन्ज्योसोम गाउँपालिका 
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस 

५. बागमती गाउँपालिका 
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र 

६. महांकाल गाउँपालिका 
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष. नेकपा माओवादी केन्द्र
 

Avatar

 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार