सीतापाइलामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु 

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ चैत । काठमाण्डौको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ ।  मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  सीतापाईलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसले आज बिहान साढे ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । . बस सहित चालकलाई प्रहरी बृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार