स्वतन्त्र उम्मेदवारमा बालेन शाहले दिए मेयरमा उम्मेदवारी 

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । स्वतन्त्र उम्मेदवारमा बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । पेशागत दृष्टिकोणले इन्जिनियर भएपनि वर्तमान समयमा युवाहरूमा राजनीति प्रति भएको बितृष्णा र भ्रम चिर्नको निम्ति उनले आफ्नो  उम्मेदवारी दिएको बताए । साथै उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने, कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको व्यव्स्था घरमा नै उपल्ब्ध गराइदिने जस्ता कुरा उल्लेख गरिएको छ ।

   आज उनी राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  युवाहरुमाझ चर्चित रहेका र्‍यापर बालेन शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने  कुरा बिभिन्न सञ्चारको माध्यमबाट बताउँदै थिए । त्यही बमोजिम आज उनी आफ्नो उम्मेदवारी दर्ता गराउनको निम्ति राष्ट्रिय सभागृह  गएका थिए । उनले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे । 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार