कास्कीका चारवटै पालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी

आइतबार, वैशाख ११, २०७९

पोखरा, ११ वैशाख । सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने भएको छ । आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रकाे भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् । जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् ।

जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ । प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले मित्रवत् प्रतिस्पर्धा गरेर जान लागेको बताए । वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ । तर सार्वजनिक भने गरिएको छैन ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार