सहमहामन्त्री आङ्देम्बेको गृह जिल्ला पाँचथरको पार्टी कार्यालयमा तालाबन्दी

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ ।
सदरमुकाम फिदिमको शनिवारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन् ।

पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एक्लौटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए ।  पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगू छन् । उनले आफू निकट पार्टी सचिव दीपक नेपालले सञ्चालन गर्दै आएको होटल मनश्वीमा हरेक कार्यक्रम गर्दै आएका छन् । जसका कारण पार्टी कार्यालय सुनसान हुने गरेको र प्रायः पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा  असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य भएको तामाङले स्पष्ट पारे । जिल्ला सभापति जबेगू र सचिव नेपाल पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार