सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ११ वैशाख । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट गोपाल हमालले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले धनगढीवासीको आवाजलाई प्रतिनिधित्व गर्न मनोनयन दर्ता गराएको प्रतिक्रिया दिए । उनले धनगढीवासीले विश्वास गरेर यस पटक प्रमुख पदमा निर्वाचित गराउने विश्वास पनि व्यक्त गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए । त्यतिबेला उनी निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यस पटक भने विजयी हुने उनले दाबी गर्दै आएका छन् । उनी व्यावसायिक पृष्ठभूमिका हुन् । यसअघि विवेकशील साझा पार्टीमा थिए । उक्त पार्टीबाट अलग भइसकेका छन् ।