पर्खाल लगाएको विषयलाई लिएर कुटपिट गर्दा एक जनाको मृत्यु

आइतबार, वैशाख ११, २०७९

सिरहा, ११ वैशाख । सिरहा नगरपालिका–१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार मृत्यु भएको छ ।  कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ ।   धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार