फुटबल सङ्घको अध्यक्षमा प्रणयविक्रम राणा विजयी 

आइतबार, वैशाख ११, २०७९
Global Ime Bank

रामपुर (पाल्पा), ११ वैशाख । जिल्ला फुटबल सङ्घ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी भएका छन् । निर्वाचनमा उनी आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी भएका छन् ।  पन्ध्र मत रहेको  जिल्ला फुटबल सङ्घको  उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी भएका हुन् । महिला सदस्यमा युकी गाहा विजय भएकी छन् । सदस्यमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा विजयी भए । सदस्य सबैले नौ–नौ मत प्राप्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री सङ्कलनमा जोड दिने बताए । एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पङ्गेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताए । पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेकोे बताए ।–रासस 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार