माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।  माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार