इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ 

शुक्रबार, वैशाख ९, २०७९

मोरङ, ९ वैशाख । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो ।  उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार