पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

बिहीबार, वैशाख ८, २०७९
Global Ime Bank

काठमाडौं, ८ वैशाख  । आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार जितसंगै पुलिसले उपाधिका लागी अर्को बिभागिय टोली एपीएफ फुटबल क्लबसंग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाईन् ।

५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाईन् । त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन् । र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार