एक करोड १९ लाख मतपत्र छापिए 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख  । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ ।  आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।  ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।                    

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार