जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ ।  आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ ।  ‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाइदै छ । अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार