बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।  आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।  ‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचन लगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’ 

३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबन्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताको विरोध भइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार