बालकोटमा एमाले सचिवालय बैठक जारी 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ७ वैशाख । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । 

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।  एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार