सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ वैशाख । रन क्लब नेपालको आयोजनामा तेस्राे मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष, महिला खुला र छात्र, छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । दौडमा करिब चार सय खेलाडीको सहभागिता रहनेछ ।
खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । छात्र, छात्रामा पहिलो हुनेले १० हजार, दोस्राेले ५ हजार र तेश्रोले तीन हजार नगद पुरस्कार पाउनेछन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिनेछ ।