सुनसरीमा गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामधुनी–८ का ४३ बर्षीय धुव्र कुमार चौधरी रहेका छन् ।  को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए ।  घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए ।  शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार