गणेशमान स्मृति रोड रेस १७ वैशाखमा 

बुधबार, वैशाख ७, २०७९
Global Ime Bank

काठमाडौं, ७ वैशाख  । गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा  तेस्रो संस्करणको रोड रेस  आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर  र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन् । 

१० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ,  चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर  दौड थप गरिएको छ ।प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार